साउदी : साउदी अरबमा कार्यस्थलमा मृत्यु वा अंगभंग हुनेका परिवारलाई यहाँको जनरल अर्गनाइजेसन अफ सोसल इन्सुरेन्स (गोसी) ले सामाजिक सुरक्षा वीमा रकम दिन्छ। कार्य दुर्घटनामा मृत्यु भएमा ८४ महिना बराबरको तलव अर्थात ३ लाख ३० हजार साउदी रियाल दिइन्छ। घाइते वा अंगभंग हुनेलाई दामासाहीले गोसीबाट वायर ट्रान्फरमार्फत हकवालाको बैक खातामा सिधै भुक्तानी दिने व्यवस्था छ।
सन् २००२ देखि हालसम्म साउदीमा करीव ७ सय नेपाली (ज्यान तथा अंगभंग भएका) घटना दर्ता छन। तीमध्ये ४ सय ५० जना मृतकको बिमा स्वीकृत भइसकेको छ। तर, मृतकका हकवालाले सामाजिक सुरक्षा बिमा (गोसि)रकम वापतको रकम भने पाउन वाँकी छ। पछिल्लो आठ महिनामा १६६ जना मृतकका हकवालाको खातामा गोसीबाट सिधै वायर ट्रान्सफर गरी करिब ४२ करोड रुपैयाँ पठाइएको दूतावासका प्रथम सचिव टिकाराम उपाध्यायले जानकारी दिए।


