काठमाडौँ — सरकारले ब्याज अनुदानबापत करिब साढे ५ अर्ब रुपैयाँ नेपाल राष्ट्र बैंकलाई भुक्तानी गरेको छ । सहुलियत कर्जामा ब्याज अनुदानबापत सरकारले तिर्नुपर्ने दायित्वमध्ये अहिले साढे ५ अर्ब रुपैयाँ अर्थ मन्त्रालयले भुक्तानी दिएको हो ।
सरकारको निर्देशनअनुसार ब्याज अनुदानको पैसा आफूहरूले शोधभर्ना पाउने गरी बैंक तथा वित्तीय संस्थाले १० प्रकारका सस्तो ब्याजका कर्जा प्रवाह गर्दै आएका थिए । तर पछिल्लो साढे दुई वर्षदेखि सरकारले ब्याज अनुदानबापतको रकम दिएको थिएन ।

