इप्पान र प्रोक्लाइमबीच २ हजार मेगावाट विद्युतको 'आइरिक्स' सम्बन्धी सम्झौता, एक अर्ब बराबरको 'कार्बन ट्रेड' को लक्ष्य


इप्पान र प्रोक्लाइमबीच २ हजार मेगावाट विद्युतको 'आइरिक्स' सम्बन्धी सम्झौता, एक अर्ब बराबरको 'कार्बन ट्रेड' को लक्ष्य

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नविकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कविन कुमार कंडासामीले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समझदारीपत्र आदानप्रदान गरेका छन्।

इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २७ सय मेगावाट विद्युतमध्ये पहिलो चरणमा २ हजार मेगावाट विद्युत कार्बन ट्रेडका लागि योग्य हुनेछ। यस सम्झौतासँगै नेपालको निजी क्षेत्रले बर्सेनि करिब १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए।

Read More