नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत ऐन संशोधन : सचिव अर्याल


नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत ऐन संशोधन : सचिव अर्याल

काठमाडौं : नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भूमिहीन सुकुम्बासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनसायले भूमि ऐन संशोधन भएको बताएका हुन्। 

अव्यवस्थित बसोबासीहरुलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराउने उनले बताए। विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरु छिटोछरितो तरिकाले  प्रदान गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ। उनले सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरूको ध्यानाकर्षण भएको बताए। सचिव अर्यालले उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको जिकिर गरे।

Read More