काठमाडौं । भारत सरकारले आगामी आर्थिक वर्ष सन् २०२५/२६ का लागि नेपाललाई दिने अनुदान रकम यथावत नै राखेको छ । शनिवार सार्वजनिक भारतीय बजेट अनुसार नेपाललाई ७ अर्ब भारू ( रु ११ अर्ब १८ करोड नेपाली रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने उल्लेख छ ।
भारतले चालु आव सन् ०२४/२५ मा पनि सोहि बराबरको अनुदान रकमा उपलब्ध गराएको थियो । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्ने क्रममा उक्त बजेट विनियोजनको घोषणा गरेकी थिइन् ।
अघिल्लो आर्थिक वर्ष सन् २०२३/०२४ मा भारतले नेपाललाई १० अर्ब ५० करोड रुपैयाँ ( ६ अर्ब ५७ करोड रुपैयाँ) सहयोग गरेको थियो । हाल नेपाल भारतीय सहयोग प्राप्त गर्ने दोस्रो ठूलो देश हो भने माल्दिभ्स तेस्रो ठूलो देश हो । पहिलोमा भने भुटान रहँदै आएको छ ।


