दैनिक कारोबार रकम १० खर्ब नजिक, बढ्दै गएको दैनिक कारोबार रकमले के सङ्केत गर्दै छ ?


दैनिक कारोबार रकम १० खर्ब नजिक, बढ्दै गएको दैनिक कारोबार रकमले के सङ्केत गर्दै छ ?

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार कक्षमा मंगलबार ९ अर्ब ४० करोडको शेयर किनबेच भयो।

मंगलबार करिब दुई महिना पछिकै सबैभन्दा बढी कारोबार हो। किनकि यस अघि गत मंसिर १७ गते दोस्रो बजारमा १० अर्ब ५४ करोडको शेयर किनबेच भएको थियो। त्यसयता मंगलबार भएको कारोबार नै सबैभन्दा बढी कारोबार हो। गएको एक महिनामा केही दिनलाई गन्ती नगर्ने हो भने दैनिक कारोबार रकम पाँच अर्ब भन्दा माथि हुन थालेको छ।

अझै गएको एक साता यता कारोबार रकम सात अर्ब तल जान मानेको छैन। गत मंगलबार मात्रै दोस्रो बजारमा ९ अर्ब २० करोडको शेयर किनबेच भएको थियो। जुन आज भएको कारोबार रकमले ब्रेक गरेको छ। लगातार बढ्दै गएको कारोबार रकले लगानीकर्ताको मनोबल बढेको र त्यसले शेयर बजारलाई माथि लैजान सहयोग गर्ने विश्लेषण हुन थालेको छ। “एक पछि अर्को दिन बढ्दै गइरहेको कारोबार रकमले बजार सुधार तर्फ जान लागेको सङ्केत गर्छ ”एक ब्रोकर कम्पनीका सञ्चालकले मेरोलगानीसँग भने।

उनका अनुसार जब दोस्रो बजारमा भोल्युम ब्रेक हुँदै जान्छ। तब बजार पनि त्यसै अनुसार माथि उक्लिँदै जान्छ। बढेको भोल्युम लगातार ब्रेक हुन थालेमा बजारले बुल रन सुरु गर्न लागेको रुपमा हेर्नु पर्छ। तर भोल्युम बढ्दै जाँदा सूचक पनि त्यही अनुसार बढ्नु पर्ने अर्को सर्त हुन्छ। जुन मंगलबारको कारोबारमा देखिएको छ। सूचक पनि बढ्यो र यस अघिको भोल्युमलाई पनि ब्रेक गर्‍यो। जुन दोस्रो बजारको लागि राम्रो पक्ष हो। बजार बढेको बेलामा आएको भोल्युमले बजारमा शेयरको माग छ भन्ने जनाउँछ भने घट्दो समयमा बढेको भोल्युमले सेलिङ प्रेसर रहेको सङ्केत गर्छ।

Read More