चीन र अमेरिकाबीच प्रतिस्पर्धा झनै तीव्र


चीन र अमेरिकाबीच प्रतिस्पर्धा झनै तीव्र

अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रतिस्पर्धा एक्कासि तीव्र भएको छ। महँगा र अत्याधुनिक चिप्सको अभावमा चीन एआई विकासमा पछि पर्ने अमेरिकाको आकलन एकाएक तोडिएको छ।

यो तोड्ने काम एआईको दुनियाँमा नामै नसुनिएको चिनियाँ स्टार्टअप कम्पनी 'डिपसिक' ले गरेको हो। डिपसिकको उदयसँगै एआईमा अमेरिकाको वर्चस्व कायम रहने हो वा होइन भन्नेमै प्रश्न खडा भएको छ। अमेरिका र चीनबीच लामो समयदेखि चलिआएको प्रतिस्पर्धा झनै तीव्र भएको छ। 

अमेरिकाले प्रतिबन्ध लगाएर चीनलाई उच्च गुणस्तरका चिप्स किन्न दिएको थिएन। तर अर्बौं डलर खर्च गरेका प्रतिद्वन्द्वीकै क्षमताको एआई मोडल चीनले ल्याइदिएपछि अमेरिकामा चिन्ता छाएको छ। डिपसिकको उदयलाई विश्लेषकहरूले तत्कालीन सोभियत संघले सन् १९५७ मा स्पुतनिक भू-उपग्रह अन्तरिक्षमा पठाएर अन्तरिक्ष-दौडमा अग्रता हासिल गरेको घटनासँग तुलना गरेका छन्।

Read More