नयाँ स्टक एक्सचेन्जबारे बोर्डले थाल्यो छलफल, लाइसेन्सबारे निर्णय भएन


नयाँ स्टक एक्सचेन्जबारे बोर्डले थाल्यो छलफल, लाइसेन्सबारे निर्णय भएन

काठमाडौँ — विवादका कारण लामो समयसम्म स्थगित रहेको निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा नेपाल धितोपत्र बोर्डमा छलफल भएको छ । गत मंगलबार बसेको नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकमा नयाँ अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेतृत्व सम्हालेपछि पहिलो पटक नयाँ स्टक एक्सचेन्जको विषयमा औपचारिक रूपमै छलफल भएको हो । 

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले अघिल्लो साता धितोपत्र बोर्डलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जबारे छलफल भएको हो । उक्त विषय छलफलकै क्रममा रहेको र त्यसबारे केही निर्णय भइनसकेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए ।

Read More