चीनको लगानीबाट तर्सिंदै युरोप


चीनको लगानीबाट तर्सिंदै युरोप

सन् २०२३ मा युरोपेली संघको सबैभन्दा ठुलो व्यापार साझेदारका रूपमा रहेको चीनबाट संघ तर्सिन थालेको छ। अमेरिकापछि सबैभन्दा बढी व्यापार चीनबाट गरिरहेको संघले सन् २०२३ मा सात सय ३९ बिलियन युरो सामानको आयात गरेको थियो। युरोपले चीनलाई जम्माजम्मी दुई सय ३० बिलियन युरोका सामग्री निर्यात गर्ने गर्छ।

चीनबाटको आयात बढ्ने र निर्यात घट्दै जाँदा युरोपेलीहरूले चीनको विकल्प खोज्न थालेका छन्। उनीहरूको विकल्पका रूपमा दक्षिण पूर्वी एसियाली मुलुकहरू रहेका छन् तर ती मुलुक छिर्न चीनले विभिन्न ठाउँमा साँध लगाउन थालेको एउटा रिपोर्टले देखाएको छ।

संसारकै प्रख्यात अडिट कम्पनी प्राइस वाटर हाउस कूपरले हालै जारी गरेको ट्रान्सपोर्ट एन्ड लजिस्टिक ब्यारोमिटर नामको रिपोर्ट अनुसार चीनले इच्छाबेगर वा उसको सहयोग बिना युरोपेली कम्पनीले पूर्वी एसियाको कुनै पनि बजारसम्म पहुँच पाउन नसक्ने देखिएको छ।

Read More