अछाम : निर्माणाधीन २० मेगावाटको बुढीगंगा जलविद्युत् आयोजनाको काम अगाडि बढ्न सकेको छैन । जिल्लाको बहुप्रतीक्षित र बहुचर्चित जलविद्युत् आयोजनाको कामले गति लिन नसकेको हो ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता नहुँदा आयोजनाको काम सुरु हुन सकेको छैन । आयोजना बजेट सुनिश्चितताको पर्खाइमा छ । आयोजना खाडी मुलुक कतार र साउदी अरबको ऋण लगानीमा नेपाल सरकारले निर्माण गर्न लागेको हो । अर्धजलाशयुक्त आयोजना निर्माणका लागि सन् २०१४ जुन १८ मा साउदी फन्ड फर अरब डेभलपमेन्टसँग ६ अर्ब रुपैयाँ ऋण सम्झौता भइसकेको छ ।


