प्रधानमन्त्रीसँग भेटेपछि निर्माण व्यवसायी गरे आन्दोलन स्थगित


प्रधानमन्त्रीसँग भेटेपछि निर्माण व्यवसायी गरे आन्दोलन स्थगित

नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादपछि तत्कालको लागि आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।

निर्माण व्यवसायमा देखिएको भुक्तानी समस्या तथा सार्वजनिक खरिद ऐन र न्यूनतम बोलकबोललाई नियमन लगायतका विषय उठाएर महासंघले आन्दोलनका कार्यक्रम सुरू गरेको थियो।

‘प्रधानमन्त्रीसँग यो विषयमा गम्भीर छलफल भयो, सडकमा आउनै पर्दैन हामी जसरी पनि समाधान गर्छौं भन्नु भएको कारण स्थगित गरेका हौँ,’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने।

Read More