काठमाडौं : सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि बजेट निर्माणको तयारी थालेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले आगामी बजेट निर्माणका लागि पूर्वतयारीका कार्यक्रमलाई तीव्रता दिएका हुन् । सरकारले आगामी बजेट निमार्णको तयारी थाल्दै गर्दा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था भने नाजुक देखिएको छ । चालु आर्थिक वर्षको साढे ६ महिनामा ३८ प्रतिशत मात्र बजेट खर्च भएको छ । यस अवधिमा करिब १८ प्रतिशत मात्र विकास खर्च भएको छ । यसले सरकारको बजेट कार्यान्वयन क्षमता नाजुक रहेको प्रष्ट देखिन्छ ।


