एलन मस्कद्वारा भुक्तानी सेवा सुरु, बैंक खाताबाट पैसा ट्रान्सफर गर्न सकिने


एलन मस्कद्वारा भुक्तानी सेवा सुरु, बैंक खाताबाट पैसा ट्रान्सफर गर्न सकिने

एलन मस्कको माइक्रोब्लगिङ प्लाटफर्म एक्स (पहिले ट्विटर)ले एक्स मनीको घोषणा गरेको छ। यो नयाँ डिजिटल वालेट र भुक्तानी सेवाले प्रयोगकर्ताहरूलाई पियर-टु-पियर (P2P) प्रणाली मार्फत पैसा पठाउन र प्राप्त गर्न अनुमति दिनेछ।

प्रयोगकर्ताहरूले आफ्नो बैंक खाताबाट डिजिटल वालेटमा रकम स्थानान्तरण गर्न र त्यसपछि प्लाटफर्ममा रहेको कुनै पनि अन्य वालेटमा पठाउन सक्षम हुनेछन्। एक्स मनीले अमेरिकी कम्पनी भिसासँग काम गर्नेछ र क्यासएप, भेन्मो र जेले जस्ता सेवाहरूसँग प्रतिस्पर्धा गर्नेछ।

भिसा डाइरेक्ट मार्फत् तत्काल कोष स्थानान्तरण

एक्सकी सीईओ लिन्डा याकारिनोले नयाँ प्लाटफर्मको बारेमा विवरण सार्वजनिक गरेकी हुन्। उनले एक्स मनी खाताहरूको लागि समर्थन यस वर्षको अन्त्यसम्ममा सुरु हुने बताइन्। एक्स मनीले भिसासँग साझेदारी गरेको छ जसले प्रयोगकर्ताहरूलाई आफ्नो एक्स वालेटमा तुरुन्तै रकम थप्न र भिसा डाइरेक्ट मार्फत पीटूपी(P2P) भुक्तानी गर्न अनुमति दिन्छ।

Read More