काठमाडौँ । सरकारले दुई लाख मेट्रिक टन गहुँ आयातका लागि प्रक्रिया थालेको छ । भारत सरकारले तोकेको कोटा बापतको गहुँ आयातका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभाग, वाणिज्य विभाग र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिएको छ ।
मन्त्रालयका वाणिज्य सचिव गोविन्द कार्कीका अनुसार उद्योग विभागमार्फत १ लाख मेट्रिक टन, वाणिज्य विभागमार्फत ९० हजार मेट्रिक टन र साल्ट ट्रेडिङलाई १० हजार मेट्रिक टन गहुँ आयात गर्ने अनुमति दिइएको छ ।


