विराटनगर आईसीपीको नेपाल भन्सार यार्डमा १९ महीनासम्म कार्गो रेल आएनन्


विराटनगर आईसीपीको नेपाल भन्सार यार्डमा १९ महीनासम्म कार्गो रेल आएनन्

विराटनगर । विराटनगर–जोगवनी एकीकृत जाँच चौकी (आईसीपी) मा रहेको नेपाल भन्सार यार्डको उद्घाटन भएको १९ महीना बितेको छ । तर, उद्घाटनको दिनपछि कार्गो बोकेर भारतीय रेल आएको छैन । नेपालको तुलनामा सस्तो भन्दै उद्योगी, व्यवसायीले पारिकै यार्ड प्रयोग गर्दा नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको नेपाल कस्टम यार्डमा भारतीय रेल नआएको हो । 

भारतको बथनाहदेखि मालवाहक र यात्रुवाहक रेल सञ्चालन गर्ने सम्झौताअनुरूप २०६८ सालबाट काम शुरू भए पनि सात किलोमीटरमात्र काम सम्पन्न भएर एकीकृत जाँच चौकीसम्म भारतीय रेल आएको हो । भारत सरकारको ४ अर्ब रुपैयाँ लगानीमा नेपालको कटहरीसम्म १८ किलोमीटर रेलवे निर्माण गरी यात्रुवाहक रेलसमेत सञ्चालन गर्ने योजना थियो । तर, कटहरीमा जमीनको मुआब्जा विवाद समाधान नहुँदा ११ किलोमीटर रेलवे ट्र्याक निर्माण हुनै सकेको छैन । 

Read More