बैंकिङ क्षेत्रको कर्जा प्रवाह ४८ खर्ब नाघ्याे : कुन बैंक अघि, कुन पछि?


बैंकिङ क्षेत्रको कर्जा प्रवाह ४८ खर्ब नाघ्याे : कुन बैंक अघि, कुन पछि?

काठमाडाैँ । नेपालका वाणिज्य बैंकहरूको कर्जा लगानी चालु आर्थिक वर्षको ६ महिनामा ४८ खर्ब नाघेको छ। नेपाल बैंकर्स संघका अनुसार साउनदेखि पुस मसान्तसम्म बैंकहरूको कर्जा प्रवाह ७.०६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष सोही अवधिमा ४४ खर्ब ९८ अर्ब रहेको कर्जा लगानी यस वर्ष ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंकहरूमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। बैंकको कर्जा लगानी ११.५५ प्रतिशतले वृद्धि भई ३ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। त्यस्तै, नबिल बैंक ९.१० प्रतिशतले वृद्धि गर्दै ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँको कर्जा प्रवाह गर्न सफल भएको छ। आक्रामक रूपमा कर्जा प्रवाह गर्ने बैंकमध्ये एभरेष्ट बैंकले सबैभन्दा उच्च वृद्धिदर (२२.९२ प्रतिशत) हासिल गर्दै २ खर्ब १७ अर्ब ३१ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ। नेपाल बैंकले पनि उल्लेख्य १७.१४ प्रतिशतको वृद्धिसँगै कर्जा लगानी २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ पुर्‍याएको छ।

अन्य बैंकहरूको कर्जा प्रवाह निम्नानुसार रहेको छ:

बैंकको नाम

कर्जा वृद्धिदर (%)

कर्जा लगानी (रु. खर्ब)

ग्लोबल आइएमई बैंक

११.५५%

३ खर्ब ३० अर्ब ५० करोड

नबिल बैंक

९.१०%

४ खर्ब ९ अर्ब ११ करोड

एभरेष्ट बैंक

२२.९२%

२ खर्ब १७ अर्ब ३१ करोड

नेपाल बैंक

१७.१४%

२ खर्ब २२ अर्ब ८७ करोड

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

७.५१%

३ खर्ब ५५ अर्ब

कुमारी बैंक

४.०२%

३ खर्ब ५ अर्ब

आरबिबि बैंक

१०.७६%

२ खर्ब ८४ अर्ब

लक्ष्मी सनराइज बैंक

७.६९%

२ खर्ब ७८ अर्ब

एनएमबि बैंक

१३.३४%

२ खर्ब २९ अर्ब

सिद्धार्थ बैंक

८.८७%

२ खर्ब १६ अर्ब

प्राइम बैंक

१५.६८%

२ खर्ब ११ अर्ब

कृषि विकास बैंक

७.२४%

२ खर्ब ६ अर्ब

सानिमा बैंक

११.१४%

१ खर्ब ७४ अर्ब

सिटिजन्स बैंक

९.३८%

१ खर्ब ६६ अर्ब

नेपाल एसबिआई बैंक

८.८८%

१ खर्ब ३९ अर्ब

माछापुच्छ्रे बैंक

५.०२%

१ खर्ब ३९ अर्ब

यता, एनआइसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभू बैंक र हिमालयन बैंकको कर्जा लगानी भने घटेको छ। बैंकहरूको कर्जा वृद्धिको यो प्रवृत्ति अर्थतन्त्रको पुनरुत्थान तथा बजार स्थायित्वका लागि महत्त्वपूर्ण मानिएको छ। यद्यपि, उच्च कर्जा प्रवाहले बैंकहरूको जोखिम व्यवस्थापन क्षमतालाई कसरी असर पार्छ भन्ने विषयमा विज्ञहरू चिन्तित देखिएका छन्।