काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाँच वर्षमा साढे ६ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्ममा ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ परियोजनाले अनुदानमा खर्च गरेको हो ।
सो रकमबाट १ लाख ४१ हजार ६७० किसान लाभान्वित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ । आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २१ करोड ४९ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, आव २०७९/२०८० मा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ खर्च भएको हो ।


