काठमाडौं । ललितपुरमा रहेको शुभ समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरूविरुद्ध जिल्ला अदालत ललितपुरमा अभियोगपत्र दर्ता भएको छ ।
प्रहरी अनुसन्धानमा सहकारीमार्फत ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको आरोपसहित मुद्दा दर्ता भएपछि सञ्चालकहरू सबै फरार भएका छन् । अदालतमा दायर अभियोगपत्रमा उनीहरू सबैलाई फरार अभियुक्त बनाइएको छ ।


