अन्तरराष्ट्रिय सहयोग रोक्ने अमेरिकी निर्णय, नेपालको शिक्षा तथा स्वास्थ्य बजेटमा असर


अन्तरराष्ट्रिय सहयोग रोक्ने अमेरिकी निर्णय, नेपालको शिक्षा तथा स्वास्थ्य बजेटमा असर

काठमाडौं । संयुक्त राज्य अमेरिकाले इजरायल र इजिप्टलाई दिने सैन्य सहयोगबाहेक सबै नयाँ विदेशी सहायता रोक्ने निर्णय गरेपछि अमेरिकी सहयोगमा नेपालमा सञ्चालित परियोजनाको भविष्यबारे चिन्ता थपिएको छ । 

लामो समयदेखि अमेरिका नेपालको सबैभन्दा ठूलो द्विपक्षीय दाताको रूपमा रहँदै आएको छ । उसले आफ्नो अन्तरराष्ट्रिय सहायता संस्था (यूसएड) र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत नेपाललाई सहयोग गर्दै आएको छ । अमेरिकाको सबै सहयोग अनुदानको रूपमा आउने गरेको छ । 

नेपालका सरकारी अधिकारीहरूले अमेरिकाले स्वीकृत भइसकेको सहयोग नै रोकेको हो कि नयाँ स्वीकृत हुन बाँकी सहयोग रोकेको हो स्पष्ट हुन नसकेको बताए । ‘मलाई लाग्छ स्वीकृत परियोजनामा अमेरिकी सहायता रोक्न मिल्दैन । अमेरिकी सरकारको नयाँ नीति अबका परियोजनामा लागू हुने सम्भावना छ,’ अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग विभागका एक अधिकारीले आर्थिक अभियानसँग भने । 

Read More