आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजको हकप्रदनै विकेन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आईपीओ निष्कासनको तयारीमा रहेको बुढानिलकण्ठ हेरिटेजको हकप्रदनै विकेन

काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले मंसिर २७ गतेदेखि माघ ९ गतेसम्म निष्कासन गरेको २९ दशमलव ५६ प्रतिशत हकप्रद शेयर पूर्ण रुपमा वितरण नभएपछि लिलामीमा आएको छ । कम्पनीका अनुसार ३ लाख १९ हजार ५९० कित्ता हकप्रद शेयर लिलामीमा आएको हो ।

माघ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विक्री नभएको उक्त हकप्रद शेयर अन्य व्यक्ति तथा संस्थाहरूमा लिलामी गर्ने निर्णय भएसँगै यी शेयर लिलामीमा ल्याइएको हो । माघ १२ गतेदेखि निष्कासनमा आएको यी हकप्रद शेयर खरीदका लागि माघ २६ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

Read More