आजको आर्थिक राशिफल : २०८१ माघ १२ गते शनिबार, माघ कृष्णपक्ष एकादशी


आजको आर्थिक राशिफल : २०८१ माघ १२ गते शनिबार, माघ कृष्णपक्ष एकादशी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक निर्णयका लागि आजको दिन अनुकूल छ। शिक्षामा गरेको लगानीले लाभ दिनेछ। बचतमा ध्यान दिनुहोला। व्यापार व्यवसायमा उन्नतिको सम्भावना छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामान्य आर्थिक सुधार हुने समय छ। अनावश्यक खर्चले समस्या ल्याउन सक्छ। व्यापारमा नयाँ योजना कार्यान्वयन गर्दा फाइदा हुनेछ। बोलचालमा संयम रहनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रमा गरिएको लगानीले फाइदा दिनेछ। आर्थिक कारोबारमा सोचविचार गरेर मात्र कदम चाल्नुहोला। साथीभाइको सहयोगले नयाँ अवसरहरू प्राप्त गर्न सकिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक चाप कम हुनेछ। विदेशमा रोजगारीका लागि गरिएको लगानी लाभदायक बन्नेछ। सामाजिक क्षेत्रमा सक्रियताले आर्थिक अवसर सिर्जना हुन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापारमा राम्रो प्रगति हुनेछ। पारिवारिक सहयोगले ठूलो आर्थिक काम टुंग्याउन सकिन्छ। साना–साना आर्थिक फाइदाहरूले मन प्रफुल्ल हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिक्षा र रोजगारका क्षेत्रमा राम्रो परिणाम आउनेछ। सम्पत्ति आर्जनको सम्भावना छ। तर, नाफा हुने आशामा ठूलो लगानी नगर्नु नै राम्रो हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्थायी आर्थिक कठिनाइ आउनेछ। शिक्षामा गरिएको लगानीले दीर्घकालीन लाभ दिनेछ। नयाँ व्यापारिक सुरुवात गर्दा सोचविचार गर्नुपर्ने दिन हो।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै सोचेर मात्र आर्थिक निर्णय लिनुहोला। वैदेशिक क्षेत्रमा राम्रो सम्भावना छ। अनावश्यक वादविवादबाट टाढा रहनुहोला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शैक्षिक क्षेत्रमा खर्च बढ्न सक्छ तर परिणाम लाभदायक हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। ठूलो आर्थिक लगानी नगर्नु उचित हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दीर्घकालीन योजना बनाउन आजको समय उपयुक्त छैन। आर्थिक स्थायित्वमा सुधार हुनेछ। सानो व्यापारिक फाइदा प्राप्त हुने सम्भावना छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य र शिक्षामा राम्रो प्रगति हुनेछ। श्रम लगानीबाट लाभ हुने सम्भावना छ। आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शैक्षिक र सामाजिक क्षेत्रमा सामान्य सुधार हुनेछ। आफन्तको सहयोगले आर्थिक पक्ष बलियो हुनेछ। ठूला आर्थिक निर्णय नगर्दा राम्रो हुनेछ।