काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड १९ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १८० प्रतिशत धेरै हो । गत वर्ष यस कम्पनीले ७८ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
पुससम्म आइपुग्दा यस कम्पनीको आम्दानी ५१ करोड ७६ लाखबाट बढेर ५४ करोड ९६ लाख पुगेको छ । बिक्री लागत ३८ करोड ९६ रुपैयाँ छ । अन्य सञ्चालन आम्दानी १ करोड ६८ लाखबाट बढेर २ करोड ६० लाख पुगेको छ । त्यसैगरी, वित्तीय खर्च १ करोड ८४ लाखबाट घटेर १ करोड ३८ लाख कायम भएको छ । आम्दानीमा बढ्दा र खर्च कम हुँदा नाफामा सुधार देखिएको हो ।


