समस्याग्रस्त घोषणा गर्ने भनिएका वित्त कम्पनी किन जाँदैछन् मर्जरमा?


समस्याग्रस्त घोषणा गर्ने भनिएका वित्त कम्पनी किन जाँदैछन् मर्जरमा?

पछिल्लो समय केही विकास बैंक तथा वित्त कम्पनीहरूमा खराब कर्जा बढ्ने र पुँजी कोषमै दबाब देखिने भयो।

यसैबीच राष्ट्र बैंकले गत पुस १० गते कर्णाली विकास बैंकलाई समस्याग्रस्त नै घोषणा गर्‍यो।

त्यसलगत्तै पोखरा फाइनान्सलाई पनि समस्याग्रस्त घोषणा किन नगर्ने भनेर राष्ट्र बैंकको सञ्चालक समितिले निर्णय नै गर्‍यो। तर, त्यो निर्णय कार्यान्वयन गराउन राष्ट्र बैंक अग्रसर भएन।

'आखिर राष्ट्र बैंकले यी संस्थालाई किन समय दिइरहेको छ मैले बुझेको छैन,' राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले भने।

राष्ट्र बैंकले कुनै पनि संस्थालाई समस्याग्रस्त घोषणा गर्नुअघि शीघ्र सुधारात्मक कारबाही गर्ने गर्छ।

शीघ्र सुधारात्मक कारबाही गर्न वा समस्याग्रस्त घोषणा गर्न राष्ट्र बैंकले पछिल्लो समय पुँजी कोषलाई नै आधार लिन थालेको छ।

Read More