नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा माग भन्दा ४.८८ गुणा बढी आवेदन , कहिले सम्म आवेदन दिन मिल्छ ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओमा माग भन्दा ४.८८ गुणा बढी आवेदन , कहिले सम्म आवेदन दिन मिल्छ ?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले वैदेशिक राजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओमा माग भन्दा ४ दशमलव ८८ गुणा बढी आवेदन परेको छ । सिडिएस  एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा १० करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आज  अर्थात (माघ ११ गते) बिहान १०ः०६ बजेसम्म ३४ हजार ४६० जनाले १० लाख ९९ हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले माघ ८ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । 

Read More