उद्योगी व्यवसायीहरूले भन्सार जाँचपास सम्बन्धी प्रक्रिया थप सहज र झन्झटरहित बनाउन माग गरेका छन् । व्यवसायीहरूले नेपालको भन्सार प्रशासनले कतिपय अवस्थामा राजस्व संकलनलाई उच्च प्राथमिकता दिएकोे अनुभूति गरेको उल्लेख गर्दै अवैध व्यापार नियन्त्रण तथा भन्सार सहजीकरणबाटै सरकारले राजस्व संकलन गर्न सक्ने बताए।
भन्सार दिवसको पूर्व सन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तरक्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी व्यवसायीहरूले तयारी वस्तु, कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दरहरूको पुनरवलोकन गर्न सकेको खण्डमा उत्पादन क्षेत्रमा वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए।

