नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीको स्थायित्व र निक्षेपकर्ताको सुरक्षामा राष्ट्र बैंक सदैव तत्पर रहेको बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् । अधिकारीले बैंक डुब्न लागेको हल्ला पछिल्लो समय व्यापक चलेको र त्यसलाई अफवाहको रूपमा मात्र लिन आग्रह समेत गरे।


