लामो समय रोकिएको रिलायन्स स्पिनिङको आइपिओबारे निर्णय गर्न धितोपत्र बोर्डले समिति बनाएको छ।
उच्च अदालत पाटनबाट कम्पनीको आइपिओ निष्कासन विरुद्ध परेको रिट खारेज भएसँगै धितोपत्र बोर्डले समिति बनाएको हो।
उच्च अदालतले यो विषयमा धितोपत्र बोर्डलाई नै पुनरावलोकन गर्न भनेपछि यस्तो समिति बनाइएको हो।
'अदालतबाट आएको निर्णय अनुसार नै हामी अगाडी बढ्नेछौं,' धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए।





