काठमाडौं : भारतमा सञ्चालित निजी क्षेत्रको सबैभन्दा ठूला एचडीएफसी बैंकले चालु आर्थिक वर्ष (२०२४-२५) को तेस्रो त्रैमाससम्म १६ हजार ७३५.५० करोड भारतीय रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २.२ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा यो बैंकले १६ हजार ३७२.५४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।


