काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पुससम्ममा जीवन बीमा कम्पनीहरूको व्यवसाय ८ दशमलव ६८ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आवको पुससम्ममा लघुबाहेकका १४ ओटा जीवन बीमा कम्पनीहरूले ८० अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्ममा ७४ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
चालू आवको पुसमा मात्र कम्पनीहरूले ४ लाख ३३ हजार बीमालेख विक्रीबाट १४ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क उठाएका छन् । अघिल्लो वर्ष भने ४ लाख ४२ हजार बीमालेखबाट १२ अर्ब ४७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।


