उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण


उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण

हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिनाब्याजको ऋण पाउने भएका छन्। कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजको ऋण दिने व्यवस्था मिलाएको हो।

नगरपालिकाका स्थानीय उद्यमीलाई बिनाब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले बुधबार प्रभु बैंक हलेसी शाखासँग सम्झौता गरेको छ। नगरपालिकाको सिफारिसको आधारमा बैंकले मूल्याङ्कन गरेर उद्यमी बन्न चाहने स्थानीय नागरिकलाई बिनाब्याजको ऋण दिने सम्झौतामा उल्लेख छ।

Read More