कुमारी बैंकमा एकजनाको खाता खोल्दा परिवार कै बिमा हुने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकमा एकजनाको खाता खोल्दा परिवार कै बिमा हुने

कुमारी Kumari Bank Limited  ले “कुमारी परिवार सुरक्षा बचत खाता”को सुरुवात गरेको छ। यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य – आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने बैंकले जनाएको छ ।

१० हजार मौज्दात हुनुपर्ने यस खातामा वार्षिक ६.५० प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । साथै खातामा २६ लाख सम्मको परिवारको बिमा गरिएको र दम्पतिको आकस्मिक दुर्घटना बिमा, पूर्ण शारीरीक अशक्तता बिमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बिमा, परिवारको औषधोपचारको बिमा सुविधा पनि उपलब्ध रहेको छ ।

यस खातामा निशुल्क इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र भिजा डेबिट कार्ड  पहिलो वर्ष निःशुल्क प्राप्त हुने बैंकले स्पष्ट  पारेको छ  । 

Read More