सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दा ५ नम्बर इजालसमा


सुप्रिम सहकारी ठगी प्रकरण : रविको मुद्दा ५ नम्बर इजालसमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा जिल्ला अदालत रुपन्देहीको ५ नम्बर इजलासमा परेको छ।

आज बिहान भएको गोलाप्रथाबाट रविको मुद्दा न्यायाधीश प्रल्हादकुमार याेगीको इजालसमा परेको हो। रविसहित २२ जनावि‍रुद्ध मुद्दा परेकाे थियो। नारायणबहादुर पहारीसहित सहकारी पीडितले दिएकाे जाहेरीका आधारमा आज रवि अदालत हाजिर भएका हुन्।

रविसँगै पत्नी निकिता र केही केन्द्रीय नेता पनि भैरहवामा छन्। बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी भैरहवा आएका हुन्। बयान आज सकेर थुनछेक बहस गर्ने गरी तयारी गरिएको बुझिएको छ।

Read More