झनै बिग्रियो फाइनान्सहरूको वित्तीय स्थिति, खराब कर्जा ४० प्रतिशतसम्म


झनै बिग्रियो फाइनान्सहरूको वित्तीय स्थिति, खराब कर्जा ४० प्रतिशतसम्म

९ माघ, काठमाडौं । सेयर बजारमा मूल्य उतारचढावबाट सबैभन्दा धेरै लाभ वा नोक्सानी फाइनान्स सेक्टरमा रहँदै आएको छ । मूल्य उच्च दरमा बढ्ने र घट्दा पनि उच्च दरले घट्ने सेक्टरका रुपमा फाइनान्स परिचित छ ।

सबै फाइनान्स कम्पनीहरूले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सार्वजनिक अपरिस्कृत विवरणअनुसार समग्रमा फाइनान्सहरुको वित्तीय स्थिति झनै बिग्रिएको छ ।

सञ्चालनमा रहेका १५ वटा फाइनान्स कम्पनीमध्ये चालु आर्थिक वर्ष पुस मसान्तसम्म ७ कम्पनी नोक्सानमा छन् । बाँकी ८ कम्पनीले नाफा कमाएका छन् । गत वर्ष यसै अवधिमा जम्मा ५ कम्पनी नोक्सानमा थिए भने १० कम्पनी नाफामा थिए ।

Read More