चैतपछि ब्याजदर बढ्ने सरकारको आकलन, अघि सारियो ४० अर्ब ऋण उठाउने तालिका


चैतपछि ब्याजदर बढ्ने सरकारको आकलन, अघि सारियो ४० अर्ब ऋण उठाउने तालिका

लगातार बैंकको ब्याजदर घटिरहेको अवस्थामा आगामी चैत महिनादेखि भने ब्याजदर बढ्ने आकलन गरिएको छ। यही विषयलाई मध्यनजर गरेर नेपाल सरकारले उठाउने आन्तरिक ऋणको तालिका समेत संशोधन गरिएको छ।

सरकारले आन्तरिक ऋण उठाउने क्रममा कहिले, कति उठाउने भनेर वार्षिक तालिका तयार गरेको हुन्छ। तर, बजारमा ब्याजदरमा उच्च उतारचढाव भएको समय, लगानी योग्य पुँजीको अवस्था, निजी क्षेत्रको कर्जा माघ लगायतका विषयलाई मध्यनजर गरेर यस्तो तालिका संशोधन गरिने गर्छ।

राजस्व सचिवको संयोजकत्वमा रहेको सार्वजनिक ऋण निष्कासन समितिले गरेको सिफारिसको आधारमा चालु वर्षको चौथो त्रैमास (आगामी वैशाखदेखि असारसम्म) मा उठाउने ४० अर्ब रूपैयाँ तेस्रो त्रैमासमा सारिएको हो।

Read More