काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा सहरी विकास तथा भवन निर्माण विभागले गैरकानुनी रूपमा दरबन्दी थप गरी भ्रष्टाचार गरेको भन्दै उजुरी परेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका एक नायब सुब्बाले २०८१ साउन २९ गते समितिमा उजुरी दिएका छन् ।
निर्माण सामग्रीको मूल्यवृद्धिदेखि राष्ट्रिय गौरवका आयोजना, एमसीसी परियोजना लगायतका ठुला आयोजनामा अनियमितता र भ्रष्टाचार भएको भन्दै लेखा समितिमा एक सय उजुरी प्राप्त भएका छन् ।


