सांग्रिला डेभलपमेन्ट बैंकको दुई शाखा विस्तार


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको दुई शाखा विस्तार

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै दुई स्थानमा शाखा विस्तार गरेको छ । बैंकले दार्चुला र बैतडीमा शाखा विस्तार गरेको हो।

बैंकले साउन १२ गते आइतबार बैतडी शाखा र साउन ९ गते दार्चुला शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको हो । 

पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड स्थित बैतडी शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले र महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंस राज भट्ट तथा उघोग वाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले उद्घाटन गरेका हुन्।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा विस्तारित शाखाको सञ्चालनबाट सो क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको उपभोग गर्नसक्ने जनाइएको छ।

Read More
  • MBL - below news