घरमै बसेर कम्पनी र भ्याट दर्ता गर्ने प्रणालीको विकास गर्छौं : प्रधानमन्त्री ओली


घरमै बसेर कम्पनी र भ्याट दर्ता गर्ने प्रणालीको विकास गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना र प्रविधिको प्रयोग गरेर नागरिकलाई सहज सेवा दिन लागि पर्ने बनाउने बताएका छन्।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै उनले सूचना र प्रविधिको सहायतामा घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका हुन्।

प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे।

Read More