सुनको व्यापार बढ्न थाल्यो, डेढ महिनामै ५०० किलो आयात


सुनको व्यापार बढ्न थाल्यो, डेढ महिनामै ५०० किलो आयात

भन्सार कटौती र विवाहको लगनका कारण नेपाली बजारमा सुन खपत बढेको छ।

सरकारले मंसिर १० गते सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको थियो। त्यसपछि बढेको सुन आयात विवाहको लगनपछि झन् वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्‍न शाक्य बताउँछन्।

भन्सार घट्नु अघिसम्म स्थानीय बजारमा सुनको बिक्री दैनिक औसत २ किलो पनि थिएन। अहिले दैनिक २० किलोसम्म बिक्ने गरेको व्यवसायीहरूले बताएका छन्।

भन्सार विभागको तथ्यांकले पनि सुन खपत बढेको देखाउँछ। मंसिर १५ यता मात्र करिब ५ सय किलो सुन आयात भएको विभागले जनाएको छ।

Read More