अराजक गतिविधिका कारण अर्थतन्त्रमा स्लो डाउन छ : गभर्नर


अराजक गतिविधिका कारण अर्थतन्त्रमा स्लो डाउन छ : गभर्नर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका सूचकहरु समग्रमा राम्रो रहेको बताएका छन् । सोमवार काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय बाढी-पहिरोका कारण निकै ठूलो असर परे पनि राष्ट्र बैंक बाह्य क्षेत्रमा सबल रहेको उनकाे भनाइ छ । बैंकिङ प्रणालीमा तरलता राम्रो रहेको र बैंकहरु वेल क्यापिटलाइज रहेको दाबी गर्दै उनले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही 'स्लो डाउन' भएको बताए ।

Read More