बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरू सधैं रहँदैनन् : गभर्नर अधिकारी


बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरू सधैं रहँदैनन् : गभर्नर अधिकारी

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ सिस्टममा आएको अराजकताले अर्थतन्त्रमा असर गर्ने भएकाले समाधान गर्न लागि परेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा गभर्नर अधिकारीले अराजक गतिविधिले दीर्घकालमा देशको अर्थतन्त्रलाई असर पार्ने भएकाले सरोकारवालाहरूसँग छलफल भइरहेको जानकारी गराएका हुन्। 

बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरु सधैं नरहने उनको भनाई छ। उनले भने, ‘अर्थतन्त्रमा अलिकति स्लोडाउन भएको असर हामी देख्छौं। बैंकको ऋण नतिर्न भनेर उक्साउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाउँमा छ। यस्ता चुनौतीहरू भए पनि बैंकका साथीहरू खट्नुभएको छआफ्नो ठाउँमा ग्रासरुटमा। बैंकिङ सिस्टममा यो अराजकताको असर कति ठूलो छ ? दीर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ ? भन्ने कुरामा हामी जानकार छौं। सरकारका निकायहरुसँग छलफल भइरहेको छ, मलाई लाग्छ यस्ता विषयहरू सधैँ रहँदैनन्, समाधान हुँदै जान्छन्।’

Read More