एकदिन पनि टिकेन प्रतिबन्ध, ट्रम्पको प्रतिबद्धतापछि अमेरिकामा टिकटक पुनः शुरू


एकदिन पनि टिकेन प्रतिबन्ध, ट्रम्पको प्रतिबद्धतापछि अमेरिकामा टिकटक पुनः शुरू

काठमाडौं । चिनियाँ स्वामित्वको छोटो भिडियो शेयरिङ एप टिकटकले अमेरिका भित्र पुनः सेवा सञ्चालन गरेको छ । यसअघि राष्ट्रिय सुरक्षाको कारण देखाउँदै कानुनी प्रतिबन्ध लागेपछि शनिबार साँझ टिकटकको सेवा रोकिएको थियो। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कानूनको कार्यान्वयनमा ढिलाइ गर्ने प्रतिबद्धता जनाएपछि टिकटकले सेवा पुन: सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको हो।

गत अप्रिलमा पारित कानुनले टिकटकलाई अमेरिकी बजारबाट हटाउन बाध्य पार्ने उद्देश्य राखेको थियो। यो कानुनले चिनियाँ कम्पनी बाइटडान्सलाई आफ्नो अमेरिकी व्यवस्थान विक्री नगरेमा टिकटकलाई एप स्टोरबाट हटाउने र वेब होस्टिङ सेवा रोक्नुपर्ने व्यवस्था गरेको थियो। सर्वोच्च अदालतले हालै यो कानुनलाई सदर गर्दै कार्यान्वयनमा अनुमति दिएको थियो।

Read More