८ खर्ब २२ अर्बको आयात ९८ अर्ब ७९ करोडको निर्यात


८ खर्ब २२ अर्बको आयात ९८ अर्ब ७९ करोडको निर्यात

काठमाडौं । ८ खर्ब २२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ भने ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनामा वस्तु आयात ७ दशमलव १ प्रतिशतले बढेको छ ।

गत वर्षको यसै अवधिमा ७ खर्ब ६८ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको थियो । यस्तै, वस्तु निर्यात ३१ दशमलव ८ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ । चालू आवको ६ महिनामा ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा करिब ७५ अर्ब रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो ।

Read More