काठमान्डौँ । अर्थमन्त्री विष्णु पौडेलले बैंक र अर्थतन्त्रको सुरक्षाप्रति सरकार गम्भीर रहेको र दुबैलाई डुब्न नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रबारे भइरहेको नकारात्मक हल्लाको पछि नलाग्न आम नागरिकलाई आग्रह गरे।
उनले भने, “हामी छौं, बैंक र अर्थतन्त्र डुब्न दिँदैनौं। अर्थतन्त्र सुधारको यात्रामा छ, र यसबारे कुनै नकारात्मक टिप्पणी गर्नुको अर्थ छैन।”
सोही अवसरमा मन्त्री पौडेलले अर्थ मन्त्रालयले वार्षिक रूपमा १७५ प्रकारका कोषमा रकम विनियोजन गरेर आर्थिक सुधारका लागि काम गरिरहेको जानकारी गराए।
उनले नकारात्मक सोच र हल्लाले अर्थतन्त्रलाई फाइदा नगर्ने भएकाले सकारात्मक दृष्टिकोण राख्नुपर्ने कुरामा जोड दिइएका हुन । मन्त्री पौडेलले बैंक तथा वित्तीय प्रणालीमा सरकारको निरन्तर निगरानी रहेको बताउँदै सबै पक्षलाई विश्वास दिलाए।


