निर्माण व्यवसायीलाई तिर्नुपर्ने भुक्तानी लगभग सकिएको अर्थमन्त्रीको दाबी


निर्माण व्यवसायीलाई तिर्नुपर्ने भुक्तानी लगभग सकिएको अर्थमन्त्रीको दाबी

सरकारले निर्माण व्यवसायीलाई तिर्न बाँकी भनिएको मध्ये लगभग सबै रकम तिरिएको अर्थमन्त्रालयले बताएको छ।आइतबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्रीले यस्तो दाबी गरेका हुन्।

'हामीले व्यवसायीहरूलाई भुक्तानी दिनुपर्ने रकम लगभग सबै भुक्तानी भएको छ,' अर्थमन्त्री विष्णु प्रसाद पौडेलले भने, 'हालसम्म २३ अर्ब बक्यौता रकम भुक्तानी भएको छ।'

लामो समयदेखि निर्माण व्यवसायीले सरकारबाट भुक्तानी पाउन नसकिरहेको बताइरहेका थिए। सरकारको अध्ययनले भने प्रक्रिया पुगेका करिब २८ अर्ब बक्यौता रहेको देखाएको थियो।

Read More