अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको बताएका छन् । मन्त्री पौडेलले आज अर्थमन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौ । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु ।’
बैंकिङको लगानी सुधारका लागि अर्थमन्त्रालय र राष्ट्र बैंक निरन्तर समन्वय गरि रहेको पौडेलले बताए । उनले अर्थतन्त्र डुबे र बैंक डुबे भन्ने सबै कुरा हल्ला मात्र रहेको प्रष्ट पारे । अर्थमन्त्रीले वर्तमान आर्थिक अवस्थाका बारे बताउदै सरकार अर्थतन्त्रलाई सही दिशा दिन प्रतिबद्ध रहेको बताएका छन्।


