वासिङटन डिसी : टिकटक एपमा प्रतिबन्ध लगाउने नयाँ कानून लागू हुनुभन्दा केही घण्टा अगाडि नै अमेरिकामा टिकटक चल्न छाडेको छ।
अमेरिकी प्रयोगकर्ताहरूको एपमा देखा परेको सन्देशमा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएको उल्लेख गरिएको छ। जसमा 'तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न। हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटकलाई पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ' लेखिएको छ।
केहीसमय अघिमात्र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल एप टिकटकलाई प्रतिबन्धबाट ९० दिनको छुट दिन सक्ने बताएका थिए।


