माथिल्लो तामाकोशी फेरि दुई दिन बन्द, कर्जाको ब्याजदर नघट्दा समस्या


माथिल्लो तामाकोशी फेरि दुई दिन बन्द, कर्जाको ब्याजदर नघट्दा समस्या

६ माघ, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सरसफाइका लागि दुई दिन बन्द गरिएको छ ।

बाढीपहिरोले क्षति पुर्‍याएपछि झण्डै तीन महिनासम्म बन्द भएको यो जलविद्युत् आयोजना मर्मतपछि ९ पुस बेलुकादेखि आंशिक सञ्चालनमा आएको थियो ।

तर संरचनामा सरसफाइ लगायतका काम गर्न शनिबार बिहान सात बजेदेखि आइतबार बेलुका आठ बजेसम्मका लागि आयोजना बन्द गरिएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिए ।

Read More