माघ ६ गते, आइतबार, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय, नागपोखरी, काठमाडौँमा आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले पुस २१ गतदेखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको थियो। सो आईपीओमा कुल १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। निष्काशन गरिएको कुल कित्ताको तुलनामा कुल आवेदन १२.५८ गुणा बढी हो।





