२५ करोड तिराउन माग गर्दै अवैध आयात भएको सुनको मुद्दा अदालतमा


२५ करोड तिराउन माग गर्दै अवैध आयात भएको सुनको मुद्दा अदालतमा

वीरगञ्ज । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले २५ करोड ६० लाख रुपैयाँभन्दा बढी मागदाबीसहित सुनको मुद्दालाई अदालतमा पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले अनुसन्धानका लागि पठाएको ८२४३ दशमलव ९७० ग्राम सुनको विस्तृत अनुसन्धान गरी उच्च अदालत पाटनको हेटौंडा इजलासमा मिति अभियोगपत्र दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 

नेपालले सुनको भन्सार बढाएपछि सीमावर्ती भारतीय क्षेत्रबाट सुनको अवैध आयात बढेको थियो । त्यसबेला भारतबाट अवैध रूपमा भित्रिएको सुन प्रहरीले समातेको हो ।

Read More