रिलायन्स स्पिनिङ्गले सर्वसाधारणलाई निष्काशन गर्न लागेको साधारण शेयर (आइपीओ) लाई लिएर अर्थसमितिले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गरेको थाहा हुन आएको छ। पत्रमा अदालतले दिएको आदेशअनुसार रिलायन्स स्पिनिङ्गको आइपीओमा काम कारबाही अघि बढाउँनलाई अर्थसमितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको स्रोतले बताएको छ।
स्रोत भन्छ, " अदालतको आदेशअनुसार रिलायन्स स्पिनिङ्गको आइपीओबारे निर्णय लिनु भन्ने कुरा पत्रमा छ।"




